Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बजेट कार्यान्वयनमार्फत सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

बजेट कार्यान्वयनमार्फत सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वनयबाट सात प्रतिशत बराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ।सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्दै सुधार र रुपान्तरणका प्रभावस्वरुप आगामी आर्थिक वर्षमा सात प्रतिशतबराबरको आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धिदर छ प्रतिशतभित्र सीमित रहने विश्वास व्यक्त गरे।

बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्नेगरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुने विश्वास व्यक्त गरिएको छ।सुशासन सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित कार्यक्रमको इमान्दारीपूर्ण कार्यान्वयनबाट नेपाललाई आगामी पाँच वर्षभित्र सुशासित, समुन्न्त र स्वाभिमानी राष्ट्रमा रुपान्तरित गर्दै सोह्रौँ योजना र दिगो विकासका अधिकांश लक्ष्य हासिल हुने अर्थमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले बजेट राज्य सञ्चालनको नयाँ सोच र सङ्कल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु भएको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट