काठमाडौँ : सरकारले सैनिक जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै रकम छुट्याएको छ । यसअघि नेपाली सेनाले ‘बंकरदेखि ब्यारेक’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटकको बजेट भाषणमा बंकरदेखि ब्यारेक कार्यक्रम उल्लेख गरेनन् । तर, सैनिक जवानहरुको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तर दिएको उल्लेख गर्दै त्यसका लागि २ अर्ब विनियोजन गरेको घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेलले भने, ‘नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै २ अर्ब विनियोजन गरेको छु ।’
सेनाले गर्दै आएको ऐतिहासिक गढी र किल्ला संरक्षणलाई निरन्तरता दिँदै पर्यटनसँग आवद्ध गरिने अर्थमन्त्रीले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij