चितवन : भरतपुर सडक डिभिजन कार्यालयले नारायणघाट–मुग्लिङ सडकखण्डअन्तर्गत पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा slope stabilization (पहिरो रोकथाम) कार्यका लागि आह्वान गरिएको बोलपत्रमा संशोधन गरेको छ।
कार्यालयले तुईन खोला, काली खोला तथा नाम्सी खोलाका विभिन्न स्थानमा पहिरो रोकथाम कार्य गर्न यसअघि प्रकाशित बोलपत्रमा संशोधन गरिएको जानकारी बोलपत्र संशोधन सूचना (Bid Addendum Notice) मार्फत सार्वजनिक गरेको हो। संशोधित सूचनाअनुसार तुईन खोला (CH 33+900) र नाम्सी खोला दायाँ किनार (CH 32+210) मा गरिने पहिरो रोकथाम कार्यका लागि २०८३ वैशाख २५ गते प्रकाशित बोलपत्र २०८३ जेठ ११ गते संशोधन गरिएको छ।
यस्तै, काली खोला (CH 32+700) तथा नाम्सी खोला बायाँ किनार (CH 32+100) मा गरिने slope stabilization कार्यका लागि २०८३ वैशाख २९ गते प्रकाशित बोलपत्र २०८३ जेठ १४ गते संशोधन गरिएको कार्यालयले जनाएको छ। संशोधित सूचनाअनुसार बोलपत्र बुझाउने अन्तिम मिति क्रमशः जेठ १८ र जेठ २० तोकिएको छ। कार्यालयले इच्छुक निर्माण कम्पनी तथा ठेकेदारलाई संशोधित कागजात ध्यानपूर्वक अध्ययन गरी कामको विस्तृत दायरा, प्राविधिक पक्ष तथा जटिलता बुझेर मात्र बोलपत्र पेश गर्न आग्रह गरेको छ। नारायणघाट–मुग्लिङ सडकखण्ड वर्षायाममा बारम्बार पहिरोका कारण अवरुद्ध हुने भएकाले यी क्षेत्रमा गरिने पहिरो रोकथाम कार्यलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij