Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गणतन्त्र दिवसमा गगन थापाको शुभकामना : लोकतान्त्रिक मूल्य र समृद्धिका लागि सबैको जिम्मेवारी आवश्यक

गणतन्त्र दिवसमा गगन थापाको शुभकामना : लोकतान्त्रिक मूल्य र समृद्धिका लागि सबैको जिम्मेवारी आवश्यक

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले गणतन्त्र दिवसको शुभकामना दिएका छन्। १९औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सभापति थापाले लोकतन्त्रको स्थापना र पुनःस्र्थापनाका लागि भएका ऐतिहासिक जन-आन्दोलनहरूमा देशका असंख्य वीर सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको उल्लेख गर्दै आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति गणतन्त्र दिवसको अवसरमा श्रद्धाञ्जली व्यकत गरेका छन्। 

‘नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२–६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो’, सभापति थापाले लेखेका छन्, ‘तत्पश्चात् विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो। यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ।’

उनले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न  सकिने उल्लेख गरेका छन्।

यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता भएको भन्दै थापाले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन्।   

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट