Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो’ : अध्यक्ष दाहाल

‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो’ : अध्यक्ष दाहाल


काठमाडौँ  : गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन्। 

नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिन गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको बताएका हुन्। 

उनले भनेका छन्, ‘विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरङकुश राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको ऐतिहासिक उपलब्धि हो, यस उपलब्धिसम्म पुग्न विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र तथा सशक्त लोकतान्त्रिक संघर्ष तथा परिवर्तनका अभियानमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’ 

अध्यक्ष दाहालले आन्दोलनका क्रममा घाइते, अपाङ् तथा पीडित हुनुभएका सम्पूर्णप्रति उच्च सम्मान पनि व्यक्त गर्दै गणतन्त्र केवल शासन प्रणालीको परिवर्तनमात्र होइन, नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको पनि बताएका छन्। 

नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता अझ आवश्यक रहेको उनको भनाई छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट