पोखराः पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा १७ ड्यामसाइड बस्ने १४ वर्षका स्वहेन नेपालीको बिहीबार डुबेर मृत्यु भएको हो।
उनी दिउँसो साढे २ बजे पौडी खेल्न छोरेपाटन स्थित फुस्रे खोलामा पौडी खेल्दा खेल्दै डुबेर बेपत्ता भएका थिए।
बेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बलको कालिका गणबाट उद्धार टोली खटिएको थियो।उनलाई करिब २० फिट गहिराइबाट अचेत अवस्थामा निकालेर अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij