नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको सुरक्षा सुनिश्चित गर्न लगेज ट्याग प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
बिहीबार महासङ्घले सातै प्रदेशका संयोजकहरू र मातहतका सबै जिल्ला समिति तथा सदस्य संस्थाहरूलाई पत्राचार गर्दै यो नयाँ नियम तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासङ्घबिच भएको समझदारी अनुसार यो व्यवस्था लागू गरिएको हो।
सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरूले लैजाने ४० केजीसम्मको सामान (सुटकेस, ब्याग, पोका–पुन्तुरा आदि) चोरी हुने वा हराउने गरेको र यात्रुहरूले सुरक्षाको अनुभूति नगरेको व्यापक गुनासो आएपछि यो कदम चालिएको पत्रमा उल्लेख छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij