Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ई-पासपोर्टमा कमिसनको नाममा पुँजी पलायन, अनुसन्धान छल्न दुबई सर्दै बिचौलिया

ई-पासपोर्टमा कमिसनको नाममा पुँजी पलायन, अनुसन्धान छल्न दुबई सर्दै बिचौलिया

काठमाडौं : विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिदमा अफसोर कारोबारमार्फत् कर छली र विदेशी विनिमय अपचलन भएको आशंकालाई पुष्टि गर्ने थप प्रमाण फेला परेको छ ।

फ्रान्सेली सुरक्षा प्रविधि कम्पनी आईडीईमियाले पाएको ईपासपोर्ट ठेक्काको कमिसन भुक्तानीका लागि प्रयोग भएको सिंगापुरस्थित कम्पनीको स्वामित्व संरचनाले यो प्रमाणलाई थप बलियो बनाएको हो । पासपोर्टको ठेक्का सञ्चालनमा मुख्यतया तीनवटा कम्पनी छन्– आईडीईमिया, क्यापिटल बिज सोलुसन र डेल्टा कोर प्रालि । यसमध्ये आईडीईमिया फ्रान्समा मुख्य कार्यालय भएको कम्पनी हो, जसले पासपोर्ट छपाईको ठेक्का पाएको छ ।

अर्कोतिर क्यापिटल बिज सोलुसन नामक कम्पनी सिंगापुरमा दर्ता भएको छ । यसलाई आईडीईमियाको आधिकारिक एजेन्टको रूपमा देखाइएको छ । तर, नेपालमा यो कम्पनी दर्ता छैन ।अर्कोतिर डेल्टा कोर प्राइभेट लिमिटेड नेपालको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी हो । यसले ई-पासपोर्ट परियोजनाको 'मर्मत सम्भार र प्राविधिक सहयोग' गर्ने भन्दै आईडीईमियाको सहायक ठेकेदारका रूपमा काम गर्दै आएको छ ।

तर, अचम्म लाग्दो कुरा के छ भने सिंगापुरमा दर्ता भएको क्यापिटल बिज सोलुसन र नेपालमा दर्ता भएको डेल्टा कोर प्रालिका सञ्चालकहरु एउटै छन् । सिंगापुरको नियामकीय संस्था एकाउन्टिङ एन्ड कर्पोरेट रेगुलेटरी अथोरिटी (एसीआरए) एसीआरएको विवरण अनुसार उक्त कम्पनीमा पाँच नेपाली नागरिकको लगानी छ । जसमा सिद्धार्थ पाण्डे, विपिन बास्सी, शरद गुरुङ, अर्जुन गुरुङ र विजयराज पन्त रहेका छन् । यस कम्पनीमा यी पाँचै जनाको समान २०/२० प्रतिशत शेयर स्वामित्व रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट