Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सिंहदरबारभित्र अस्थायी टहरामा सञ्चालित चमेना गृहहरू हटाइँदै

सिंहदरबारभित्र अस्थायी टहरामा सञ्चालित चमेना गृहहरू हटाइँदै

काठमाडौं : सिंहदरबार परिसरभित्रका अव्यवस्थित अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृहहरू हटाइँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले नै यसको पहल लिएको हो ।यस्तो निर्देशन प्राप्त भएपछि तत्कालीन शहरी विकास मन्त्रालय (हालको पूर्वाधार विकास मन्त्रालय) अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले चमेना गृह बन्द गर्न पत्राचार गरेको छ ।

यस अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिसरमा रहेका अस्थायी टहरामा सञ्चालित चमेना गृहहरू हटाइँदैछ । यी मन्त्रालय परिसरमा रहेका चमेना गृहहरूलाई यही जेठ २७ गतेभित्र बन्द गरिसक्न भनिएको छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार यी मन्त्रालय परिसरमा रहेका चमेना गृहहरू हटाउन विगतमा पनि पत्राचार भएको थियो । सिंहदरबार परिसर व्यवस्थापन सम्बन्धमा नेपाल सरकारका तत्कालीन मुख्य सचिवज्यूको अध्यक्षतामा २०७५ साल भदौ ३१ बसेको बैठकको मन्त्रालय परिसरमा सञ्चालनमा रहेका चमेनागृह हटाउने निर्णय गरेको थियो । त्यसअनुसार त्यसबेला पत्राचार भएको थियो । तर त्यसबेला हटेको थिएन ।

नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय परिसरमा रहेको चमेना गृह पनि हटाइँदैछ । संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले दुवै दलको कार्यालयलाई पत्र लेखेर चमेना गृह बन्द गर्न भनेको छ । नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यलयले यही जेठ १२ गते संसद् सचिवालयलाई पत्र लेखेको थियो ।

सोही पत्रअनुसार संसद् सचिवाललयले दुवै दलको कार्यालयलाई यही जेठ १३ गते पत्र लेखेर संसदीय दलको कार्यालय परिसरमा रहेको चमेना गृह १५ दिनभित्र हटाउन पत्राचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij