Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

टेकमाइन्ड्स नेटवर्कद्वारा स्थापना दिवसमा खुला रक्तदान कार्यक्रम आयोजना

टेकमाइन्ड्स नेटवर्कद्वारा स्थापना दिवसमा खुला रक्तदान कार्यक्रम आयोजना

चितवन : टेकमाइन्ड्स नेटवर्क लिमिटेडले आफ्नो ३१औँ स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रम सहिदचोक, नारायणगढस्थित कम्पनीको कार्यालय परिसरमा सञ्चालन हुनेछ । कार्यक्रममा स्थानीय नागरिक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको कम्पनीले जनाएको छ ।

“चितवनमा स्थापित, चितवनकै गौरव” भन्ने नारासहित सेवा विस्तार गर्दै आएको टेकमाइन्ड्स नेटवर्क लिमिटेडले हाल नेपालका ६६ जिल्लामा इन्टरनेट सेवा विस्तार गरिसकेको छ । कम्पनीले आफूलाई देशकै उत्कृष्ट पाँच इन्टरनेट सेवा प्रदायकमध्ये एकका रूपमा स्थापित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट