काठमाडौँ : आर्थिक सर्वेक्षणले नेपालको जनसंख्यामा चिकित्सकको अनुपात कमजोर देखाएकाे छ । बुधबार सार्वजनिक चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण अनुसार प्रति हजार जनसंख्यामा चिकित्सकको अनुपात १.८६ र नर्सको अनुपात ४.४२ पुगेको देखाएको छ।
पूर्वाधारतर्फ देशभर कुल ८ हजार ९ सय ७६ सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेका छन् भने १८ हजार ६ सय ४० अस्पताल शैय्याहरू उपलब्ध छन् ।
सर्वेक्षण अनुसार स्थानीय तहमा गुणस्तरीय सेवा पुर्याउन ५, १० र १५ शैय्याका १२१ वटा आधारभूत अस्पतालको निर्माण सम्पन्न भएको छ भने थप ३१४ वटा अस्पतालहरू निर्माणाधीन अवस्थामा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij