Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रत्ननगरमा स्थानीय जीडीपी मापन, तथ्याङ्कमा आधारित विकासतर्फ ऐतिहासिक कदम

रत्ननगरमा स्थानीय जीडीपी मापन, तथ्याङ्कमा आधारित विकासतर्फ ऐतिहासिक कदम

रत्ननगर : रत्ननगर नगरपालिकाले देशका ७५३ स्थानीय तहमध्ये पहिलोपटक स्थानीय तहको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मापन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरिएको हो।

नगर प्रमुख प्रलाद सापकोटाले यो उपलब्धि तथ्याङ्कमा आधारित विकास, आर्थिक सुशासन र प्रभावकारी योजना निर्माणका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए। उनका अनुसार कृषि, पर्यटन, साना तथा मझौला उद्योग र सेवा क्षेत्रले नगरको अर्थतन्त्रमा गरेको योगदान प्रतिवेदनले स्पष्ट पारेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अधिकारीहरूले स्थानीय तहको तथ्याङ्कीय प्रणाली सुदृढ गर्दै यस्तो अभ्यास अन्य स्थानीय तहमा पनि विस्तार गरिने बताएका छन्। कार्यक्रममा एडीबी, आइएमएफ र विश्व बैंकका प्रतिनिधिहरूले स्थानीय आर्थिक तथ्याङ्कले राष्ट्रिय अर्थतन्त्रलाई थप स्पष्ट बनाउने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट