Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

काठमाडौँ :  मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मङ्गलबार मन्त्रिपरिषद् विस्तार भएको हो । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएका छन् । 

युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइँदा मनोज कुमार सिंहलाई श्रम तथा संस्कृति मन्त्रालयको र नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

मोहम्मद समीर भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन्। यसअघि उनी विना विभागीय मन्त्री थिए।दलगत भागबण्डाअनुसार नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबाट एक/एक जना मन्त्री बनेका छन् । यस्तै नेकपा एमालेबाट चार मन्त्री सरकारमा सहभागी भएका हुन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट