चितवन : चितवनका मोबाइल व्यवसायीहरू दीपक प्रसाईं र श्रीधर रेग्मी नेपाल मोबाइल महासंघको केन्द्रीय सदस्यमा सर्वसम्मत तथा निर्विरोध रूपमा निर्वाचित भएका छन्।
उहाँहरूको निर्विरोध चयनसँगै चितवन जिल्लाले राष्ट्रिय स्तरको मोबाइल व्यवसायिक नेतृत्वमा प्रतिनिधित्व पाएको छ। चितवन मोबाइल व्यवसायी संघ परिवारले दुवै नव-निर्वाचित केन्द्रीय सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
संघले उहाँहरूको नेतृत्वले मोबाइल व्यवसाय क्षेत्रको हकहित संरक्षण, व्यवसायी एकता र समग्र क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।