Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

संविधान संशोधनका लागि गोलमेच सम्मेलन गर्नुपर्छ : नेता केसी

संविधान संशोधनका लागि गोलमेच सम्मेलन गर्नुपर्छ : नेता केसी

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने बताए । 

प्रतिनिधि सभाको जारी बैठकमा वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने बताए । 

‘संविधान संशोधनको वातावरण निर्माण गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउनुपर्छ । सबैको सहभागितामा गोलमेच सम्मेलन हुनुपर्छ,’ सांसद केसीले भने । 

संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्ने केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट