Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रोटरी क्लब अफ नारायणी मिड टाउनको ११२८औं नियमित बैठक, एसपी रामेश्वर पौडेललाई स्वागत

रोटरी क्लब अफ नारायणी मिड टाउनको ११२८औं नियमित बैठक, एसपी रामेश्वर पौडेललाई स्वागत

चितवन : रोटरी क्लब अफ नारायणी मिड टाउनको ११२८औं नियमित बैठक भव्य रूपमा सम्पन्न भएको छ। बैठकमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई विशेष अतिथिका रूपमा स्वागत गरिएको छ।

क्लबका अध्यक्ष प्रमेश्वर भण्डारीसहित उपस्थित रोटरीयनहरूले एसपी पौडेललाई स्वागत गर्दै सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै एसपी पौडेलले नेतृत्वको शक्ति, प्रेरणा र जिम्मेवारीका विषयमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो। उहाँले जिम्मेवार नेतृत्वले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा सहभागी रोटरीयनहरूले पनि नेतृत्व, सामाजिक सेवा तथा सामुदायिक सहयोगका विषयमा छलफल गरेका थिए। रोटरी क्लबले समाजसेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।

050e015d-5767-4750-81e6-fecc563b172e.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट