चितवन : नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ ।संघको मिति २०८३ जेठ ११ गते बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो ।
संघले चितवनलाई आधार मानेर तोकेको नयाँ मूल्य जेठ १२ गतेदेखि नै लागू हुनेछ । संघका सचिव मदन पोखरेलका अनुसार विभिन्न साइजका अण्डाको प्रतिक्रेट मूल्य निम्न अनुसार कायम गरिएको छः
एक्सएल अण्डाः ५४५ रुपैयाँ
ठूलो अण्डा ५३० रुपैयाँ
मध्यम अण्डा ५०० रुपैयाँ
सानो अण्डा ४०० रुपैयाँ
यस्तै, उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएकै मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij