Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

होल्डिङ सेन्टरका सुकुम्बासीको आधारभूत अधिकार सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

होल्डिङ सेन्टरका सुकुम्बासीको आधारभूत अधिकार सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ : संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको आधारभुत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले गास, बास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको हो।

समितिकी सभापति समीक्षा बास्कोटाले बालबालिका तथा युवाको पठनपाठन अवरुद्ध हुन नदिन, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिलालगायत संवेदनशील समूहका लागि पोषण र उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिए। उनले रोजगारीमा आबद्ध व्यक्तिहरूलाई कार्यस्थल नजिक पायक पर्ने स्थानमा स्थानान्तरणको व्यवस्था गर्न पनि निर्देशन दिए।

वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण प्रक्रियालाई तीव्रता दिन, स्थायी पुनःवास तथा दीर्घकालीन व्यवस्थापनमार्फत संविधानप्रदत्त मौलिक हक र मानवअधिकारको प्रत्याभूति सुनिश्चित गर्न समेत सरकारलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij