चिवतन : बोधराज लम्साल हाल ‘ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स’ का मुख्य सञ्चालन अधिकृत (COO) का रूपमा कार्यरत रहँदै नेपाली आतिथ्य (हस्पिटालिटी) उद्योगमा महत्वपूर्ण योगदान दिइरहेका छन् ।
एक दशकभन्दा बढी समय भारतका विभिन्न प्रतिष्ठित ४ र ५ तारे होटलहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका लम्सालले होटल सञ्चालन, सेवा व्यवस्थापन तथा रणनीतिक योजना निर्माणमा उल्लेखनीय अनुभव हासिल गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन अनुभवका कारण उनी उद्योगभित्र दक्ष र सक्षम नेतृत्वकर्ताका रूपमा परिचित छन् ।
हाल उनले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सेवा गुणस्तर सुधार, आधुनिक व्यवस्थापन प्रणालीको विकास र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै ‘ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स’ मार्फत नयाँ कार्यशैली र नवीन सोच भित्र्याउने प्रयास गरिरहेका छन् ।
उनको नेतृत्व, कार्यकुशलता र व्यावसायिक दृष्टिकोणले नेपाली होटल तथा पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij