Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इच्छाकामना जेसीजको आयोजनामा मुग्लिङमा बृहत् रक्तदान कार्यक्रम,५५ जनाले गरे रक्तदान

इच्छाकामना जेसीजको आयोजनामा मुग्लिङमा बृहत् रक्तदान कार्यक्रम,५५ जनाले गरे रक्तदान

मुग्लिङ :  चितवनको इच्छाकामना गाउँपालिका–५,मुग्लिङमा इच्छाकामना जेसीजको आयोजनामा ’बृहत् रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ। पछिल्लो समय ह्वात्तै बढिरहेको रगतको अभावलाई मध्यनजर गर्दै जेसीजले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।  
साथै रक्तदानप्रति समाजमा जनचेतना अभिवृद्धि गर्ने र स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न प्रेरित गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।  
कार्यक्रमका प्रमुख अतिथि वडासदस्य तारा गुरुङले इच्छाकामना जेसीजले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्तो परोपकारी कार्य गरेकोमा उच्च प्रसंशा गर्नुभयो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “यस्ता रचनात्मक र सामाजिक कार्यक्रमहरूले युवाहरूलाई समाजप्रति सचेत, जिम्मेवार र सक्षम बनाउन ठुलो सहयोग पुग्छ ।”

j11779702823.jpg
कार्यक्रमको समापन गर्दै  इच्छाकामना जेसीजका अध्यक्ष रञ्जिता सिलवालले रक्तदान गरेर पुण्य कमाउने सम्पूर्ण रक्तदाताहरू, कार्यक्रम सफल बनाउन खटिने स्वयंसेवकहरू, सुरक्षाकर्मीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग तथा प्रायोजन (स्पोन्सर) गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति आयोजकका तर्फबाट हार्दिक आभार एवं धन्यवाद प्रकट गर्नुभयो।
५५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा उल्लेख्य संख्यामा उपस्थित रक्तदाताहरूले स्वतःस्फूर्त रूपमा रक्तदान गरेका थिए। उक्त कार्यक्रममा स्थानीय युवा तथा प्रबुद्ध वर्गहरूको उल्लेख्य सहभागिता रहेको थियो। संकलित रगतले आपत्कालीन अवस्थामा रहेका बिरामीहरूको ज्यान बचाउन ठुलो सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।
इच्छाकामना जेसीजकी अध्यक्ष रन्जिता सिलवालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरू,स्थानीय संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको व्यापक उपस्थिति रहेको थियो।

j41779702825.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट