Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सुनको मूल्य वृद्धि, प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो

सुनको मूल्य वृद्धि, प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो

काठमाडौँ : नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५१ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।

हिजो आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट