काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका-५ सित्खास्थित सुनकोशी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोशी गाउँपालिका- ४ घर भई वडा नं. ३ बोहोरेटार बस्ने दलबहादुर पुलामी मगरका ९ वर्षीय छोरा सफल पुलामी मगर र सरिता विकका १० वर्षीय छोरा युकेस विकको ज्यन गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक अजयकुमार कुशवाहाका अनुसार अपराह्न करिब ३ बजे स्थानीय गोठालाले नदीको छुट्टिएको सानो भँगालो किनारमा दुई बालक नुहाइरहेको देखेका थिए। त्यसको केही समयपछि एक बालक पानीमा डुबेको र अर्का एक जना बगेजस्तो देखिएपछि तत्काल प्रहरी चौकी सित्खामा खबर गरेका थिए।
शव निकालेर पोष्टमार्टमका लागि पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij