Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मनकामनातर्फ जाँदै गरेको गाडी मस्र्याङ्दी नदी किनारामा खस्दा दुई जना गम्भीर घाइते

मनकामनातर्फ जाँदै गरेको गाडी मस्र्याङ्दी नदी किनारामा खस्दा दुई जना गम्भीर घाइते

गोरखा : गोरखाको सहिद लखन गाउँपालिका–३ दोभानमा आज साँझ टाटा योद्धा गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

मझुवादेउरालीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको लोड गाडी सडकबाट झण्डै १५० मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका–३ सिजलटारका २४ वर्षीय सुजन घलान र भारत, विहार स्थायी ठेगाना भएका १८ वर्षीय अरविन कुमार शाह गम्भीर घाइते भएको उहाँले बताउनुभयो ।

उनीहरूलाई तत्काल उद्धार गरी तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ । तीव्र गतिमा रहेको गाडी उकालो चढ्न नसकेपछि अचानक पछाडि सर्दा अनियन्त्रित भई दुर्घटना भएको डीएसपी श्रेष्ठको भनाइ छ ।

See less

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij