काठमाडौँ : विपक्षी चार दलले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रयास जारी राख्ने निर्णय गरेका छन्।आइतबार विपक्षी चार दलका प्रमुख सचेतकको बैठकमा उनीहरूले संविधान र संसद् नियमावलीको कार्यान्वयका लागि संसदमा संघर्ष जारी राख्ने निर्णय गरेका हुन्। बैठक कांग्रेस प्रमुख सचेतक वासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुश्बु ओली विपक्षी दलहरूको सहकार्यलाई मतबुत बनाउने प्रतिबद्धता पनि जनाएका छन्।
उनीहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गर्दै संसद्मा विरोध जनाएका थिए । सभामुख डोलप्रसाद अर्यालले आफ्ना माग बेवास्ता गर्दै सदन चलाएपछि विपक्षी सांसदले बैठकमा विरोध गरेका थिए । संसदमा विरोध जनाउनेमध्ये श्रम संस्कृति पार्टी भने प्रमुख सचेतकहरूको बैठकमा सहभागी भएन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij