Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रत्ननगरमा पदका लागि पार्टी प्रवेशको लहर : रास्वपातर्फ एमालेसहित विभिन्न दलका नेताहरू आकर्षित

रत्ननगरमा पदका लागि पार्टी प्रवेशको लहर : रास्वपातर्फ एमालेसहित विभिन्न दलका नेताहरू आकर्षित

सौराहा :  चितवनको रत्ननगर नगरपालिकामा पछिल्लो समय राजनीतिक माहोल तातिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको पार्टी प्रवेश तीव्र बनेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रत्ननगरमा एमालेबाट असन्तुष्ट बनेका केही नेता तथा कार्यकर्ताहरू धमाधम प्रवेश गरिरहेका छन् ।स्थानीय राजनीतिक वृत्तमा भावी मेयर, उपमेयर तथा वडा अध्यक्षको आकांक्षा बोकेका नेताहरूको सक्रियता बढ्दै गएको छ । एमालेभित्र अवसर नपाएको महसुस गरेका केही प्रभावशाली स्थानीय नेताहरू अहिले रास्वपातर्फ आकर्षित भएको चर्चा व्यापक रूपमा चलिरहेको छ ।
एमाले मात्र नभई नेपाली कांग्रेस, नेकपा तथा राप्रपाबाट समेत विभिन्न तहका नेता–कार्यकर्ताहरू रास्वपामा प्रवेश गर्ने क्रम बढेको बताइएको छ । रत्ननगरमा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेपछि पुराना दलहरूभित्र समेत आन्तरिक असन्तुष्टि सतहमा आउन थालेको स्थानीय विश्लेषकहरूको भनाइ छ ।
यसअघि समाजवादी पृष्ठभूमिबाट राजनीति गर्दै आएका तथा प्रारम्भिक चरणमै एमाले निकट रहिसकेका एक स्थानीय नेता अहिले मेयरको दाबीसहित सामाजिक गतिविधिमा सक्रिय देखिएका छन् । विभिन्न सामाजिक कार्यक्रम, जनसम्पर्क तथा युवामाझ सक्रिय उपस्थितिका कारण उनको चर्चा समेत बढ्दै गएको छ ।
रत्ननगरको राजनीतिक वातावरण दिनप्रतिदिन रोचक बन्दै जाँदा आगामी निर्वाचनमा नयाँ शक्ति र पुराना दलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट