Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ओलीकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने भाव छ : लेखराज भट्ट

ओलीकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने भाव छ : लेखराज भट्ट

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी सचिवालय बैठकमा भएका कुरा अतिरञ्जित पाराले बाहिर ल्याइएको आरोप लगाएका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ भन्नेमै धारणा रहेको आफूले बुझेको पनि दावी गरे। बोल्ने नेताहरूले आफूलाई लागेका विषयवस्तुहरू स्पष्ट रूपमा राखेका बताउँदै उनले नेतृत्व परिवर्तन हुनैपर्छ भन्ने कुरा त कसैले नभनेका दावी गरे।

उनले पत्रकारसँग भने,  'बैठकको भाव पनि हाम्रो पार्टीभित्र जे समस्या छ, त्यसको समाधान अध्यक्षकै नेतृत्वमा गरेर फेरि उहाँकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने नै थियो भन्ने मेरो बुझाइ छ।'

उनले थप्दै भने, 'पार्टीभित्र बैठक हुँदा नेतृत्वका कमीकमजोरीहरू यो–यो थियो भनेर सकारात्मक–नकारात्मक सबै कुरा राख्ने र आफ्नो अनुभूतिहरू राख्ने कुरा स्वाभाविक रूपमा हुन्छ।’ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट