Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘ककरोच जनता पार्टी’को आधिकारिक इन्स्टाग्राम पेज ह्याक, सामाजिक सञ्जालमा पहुँच गुमाएको दाबी

‘ककरोच जनता पार्टी’को आधिकारिक इन्स्टाग्राम पेज ह्याक, सामाजिक सञ्जालमा पहुँच गुमाएको दाबी

एजेन्सी : भारतको सत्ताविरुद्ध व्यङ्ग्यात्मक तथा सामाजिक सञ्जाल अभियानमार्फत परिचित ‘ककरोच जनता पार्टी’ (सीजेपी) को आधिकारिक इन्स्टाग्राम पेज ह्याक भएको छ। पार्टीका संस्थापक अभिजीत दीपकेले उक्त जानकारी सार्वजनिक गरेका हुन्।

दीपकेका अनुसार पार्टीको मुख्य इन्स्टाग्राम पेज मात्र नभई उनको व्यक्तिगत इन्स्टाग्राम अकाउन्टसमेत ह्याक गरिएको छ। यसअघि नै उनको एक्स (ट्विटर) अकाउन्टमाथि प्रतिबन्ध लगाइएको र ब्याकअप अकाउन्ट पनि हटाइएको उनले बताएका छन्। उनले एक्समार्फत जारी गरेको सूचनामा पार्टीसँग कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा अब पहुँच नरहेको उल्लेख गर्दै हाल देखिने कुनै पनि पोस्टलाई आधिकारिक नमान्न आग्रह गरेका छन्।

दीपकेले भनेका छन्, “हाम्रो कुनै पनि प्लेटफर्ममा पहुँच छैन। यसपछि आउने कुनै पनि पोस्टलाई ककरोच जनता पार्टीको आधिकारिक धारणा नमानियोस्।” उक्त पार्टीको इन्स्टाग्राम पेजमा २ करोड १७ लाखभन्दा बढी फलोअर्स रहेको बताइएको छ, जुन भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को सामाजिक सञ्जाल फलोअर्सभन्दा दोब्बरभन्दा बढी भएको दाबी गरिएको छ।

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक राजनीतिक सामग्रीमार्फत लोकप्रिय बनेको ‘ककरोच जनता पार्टी’ का सबै प्रमुख अकाउन्टहरू एकैपटक ह्याक वा बन्द भएपछि समर्थकहरू आश्चर्यमा परेका छन्। घटनाबारे आधिकारिक प्राविधिक पुष्टि भने अझै सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट