Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

संसदीय समितिमा सञ्चारकर्मी प्रवेश रोकिँदा कांग्रेसको आपत्ति

संसदीय समितिमा सञ्चारकर्मी प्रवेश रोकिँदा कांग्रेसको आपत्ति

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा विस्थापित सुकुम्बासी होल्डिङ सेन्टर (नेपाल रेडक्रस सोसाइटी बनेपा)को स्थलगत अनुगमनसम्बन्धी छलफल भएको थियो। उक्त छलफलमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएकोप्रति काग्रेसले आपत्ति जनाएको हो। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै समिति सदस्य समेत रहनुभएका नेपाली कांग्रेसका सांसद अुर्जननरसिंह केसीले बैठकमा मिडियालाई प्रवेश निषेध गर्नु पारदर्शीता विपरीत भएको बताए। उनले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अंगलाई बैठकमा सहभागि नगराउनु एकदमै आपत्तिजनक विषय भएको भन्दै अब बस्ने समितिको बैठकमा यो विषयलाई गम्भीरतापूर्वक उठाउने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट