Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपाल सभापति लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता

रास्वपाल सभापति लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता

काठमाडौँ  : कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ। न्यायाधीश हिमलाल बेलबासेको आजको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले थाहाखबरलाई जानकारी दिए।

अब लामिछानेमाथि यहाँ सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै कायम रहेको छ।  तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगीसम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो।

आदेशमा भनिएको छ, ‘निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल थप र पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दावी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको अभियोग दावी कायम नरहने गरी संशोधन गरिदिएको छ ।’ 

अदालतको पछिल्लो आदेशसँगै लामिछाने, सूर्यदर्शन सहकारी मुद्दामा जोडिएका जीबी राई (गितेन्द्रबाबु राई), पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी मुद्दामात्रै चल्ने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट