Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

निजी अस्पतालले स्वास्थ्य बीमाको दुरुपयोग गरेका कारण धान्न सकिएन : अर्थमन्त्री वाग्ले

निजी अस्पतालले स्वास्थ्य बीमाको दुरुपयोग गरेका कारण धान्न सकिएन : अर्थमन्त्री वाग्ले

काठमाडौँ  : अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले निजी अस्पतालले स्वास्थ्य बिमाको दुरुपयोग गरेका कारण धान्न नसक्ने अवस्था आएको दाबी गरेका छन्।शुक्रबार संसदीय समितिको बैठकमा वाग्लेले निजी अस्पतालहरूमा अनावश्यक परीक्षण र दुरुपयोग बढेको भन्दै बजेटमा यसलाई पुनःसंरचना गरेर अघि बढाउन लागेको जानकारी दिए। गत साल १० अर्ब विनियोजन गरिएकोमा २५–३० अर्ब खर्च भएको उनको दाबी छ ।

‘स्वास्थ्य बीमा गत साल १० अर्ब विनियोजन गरिएकोमा खर्च मात्र २५–३० अर्ब भएको छ, भुक्तानी दिन सकिएको छैन । यो असाध्यै महत्वपूर्ण विषय हो’, उनले भने, ‘हामी समता उन्मुख समाजको जुन कल्पना गरेका छौँ, संविधानले पनि यसलाई उल्लेख गरेको छ। आधारभूत स्वास्थ्य प्रत्येक नेपाली नागरिकको हक अधिकार हो भनेर पनि भनेका छौँ । तर यसलाई त्यो गच्छेले धानिसकेको छैन।’

अर्थमन्त्री वाग्लले विपन्न वर्गलाई सरकारी सहायता, मध्यम वर्गलाई योगदानमा आधारित सेवा, र दुरुपयोगमाथि अंकुश लगाउने  प्रणाली निर्माण गरिरहेको बताए । आगामी आर्थिक वर्षको बजेटबाट यसको पुनःसंंरचना गर्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट