धनगढी : कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा सशस्त्र प्रहरीको आधारभूत तालिम अन्तर्गत दुई सय मिटर दौडका क्रममा शुक्रबार सात जना प्रहरी बेहोस भएका छन्।
बेहोस भएका जवानहरु चित्रबहादुर थापा मगर, मनबहादुर बस्नेत, धिरज थापा, सुरेश शाही, बलबहादुर बस्नेत र किरण नाथ योगीलाई टीकापुरबाट नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत र सुर्खेतबाट सेनाकै स्काई ट्रकबाट काठमाडौं पठाइएको सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीले जनाएको छ ।
बेहोस भएकामध्ये एक जनाको भने टीकापुरस्थित ओमकृष्ण अस्पतालमा उपचार भइरहेको बाहिनीले जनाएको छ । शनिबार र आइतबार विदा हुने भएकाले शुक्रबार केही पेचिलो तालिम गराउने क्रममा अत्यधिक गर्मीका कारण घटना भएको सशस्त्र प्रहरी बाहिनी कार्यालयको भनाई छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij