Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धादिङस्थित खानीमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु

धादिङस्थित खानीमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु

काठमाडौँ : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित राम्चेमा सञ्चालित ढुंगा खानीमा ठुलो ढुंगा खसेर टिपरलाई किच्दा चालकको मृत्यु भएको छ । सोही गाउँपालिका घर भएका ३२ वर्षीय दीपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले रातोपाटीलाई बताए ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–५ बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको बज्रकाली रोडा ढुंगा उद्योगमा ढुंगा लोड गर्न भनेर दीपेन्द्र बा.५ख ८५८० नम्बरको टिपर लिएर त्यहाँ पुगेका थिए । खानी क्षेत्रमा प्रवेश गरेपछि अचानक माथिबाट आएर ठुलो ढुंगाले टिपर सहित चालकलाई किचेको थियो । स्थानीयले खानी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै दीपेन्द्रको शव घटनास्थलबाट निकाल्न दिएका छैनन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय खानी खोलाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट