Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

टीकापुरमा तालिम गर्दागर्दै सशस्त्र प्रहरीका ८ जवान बेहोस, हेलिकोप्टरमार्फत उद्धार

टीकापुरमा तालिम गर्दागर्दै सशस्त्र प्रहरीका ८ जवान बेहोस, हेलिकोप्टरमार्फत उद्धार

कैलाली : सशस्त्र प्रहरीको तालिम गरिरहेका आठ जवान बेहोस भएका छन् । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा आठ जना जवान बेहोस भएका हुन् । बेहोस हुने जवानहरूमा मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, बलबहादुर बस्नेत, गणेश रावत, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । सशस्त्र जवानको आधारभूत तालिमअन्तर्गत दुई सय मिटर दौडमा उनीहरू बेहोस भएका हुन् ।

सशस्त्र प्रहरीका अनुसार, बेहोस भएकामध्ये ५ जनाको अवस्था गम्भीर छ । उनीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ । अन्य तीन जनाको टीकापुर अस्प्तालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट