Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तारकेश्वरमा किशोरलाई चक्कु प्रहार गर्ने एकजना पक्राउ

तारकेश्वरमा किशोरलाई चक्कु प्रहार गर्ने एकजना पक्राउ

काठमाडौँ :  काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ घर भएर तारकेश्वर बस्ने १८ वर्षीय उज्ज्वल मगर छन् । वैशाख ४ मा आरोपी सहितका ४–५ जनाले खोटाङ घर भएका १९ वर्षीय नवराज गिरीलाई चक्कु प्रहार गरेको आरोप छ ।


प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आरोपीलाई बुधबार ललितपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए । 

आरोपीविरुद्ध प्रहरी वृत्त बालाजुले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । अन्य आक्रमणकारीहरूको खोजी भइरहेको एसपी भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट