Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कोशी र मधेस प्रदेशका सांसदसँग आज रास्वपाको छलफल

कोशी र मधेस प्रदेशका सांसदसँग आज रास्वपाको छलफल

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् । कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र  मधेस प्रदेशका सांसदहरुसँग दिनको १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल हुनेछ । 


संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा सहभागी हुन काठमाडौँमा उपलब्ध सांसदहरूलाई पार्टीले आग्रह गरेको छ । बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट