Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रधानमन्त्री संसद्मा आउनुहुन्छ : रवि लामिछाने

प्रधानमन्त्री संसद्मा आउनुहुन्छ : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीले ‘प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नुभएन?’ भनी प्रश्न गरेका थिए । जवाफमा लामिछानेले प्रधानमन्त्री बैठकमा सहभागी हुने बताए। ‘उहाँ संसदमा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ’, उनले भने,‘आएपछि तपाईँहरूले सबै कुरा थाहा पाइहाल्नुहुन्छ।’ लामिछानेले प्रधानमन्त्री संसद्मा नआएकै कारण आफूलाई कुनै दबाब नभएको बताए। ‘मलाई त्यस्तो कुनै कुराको दबाब छैन। प्रक्रिया पूरा हुँदै जान्छन्’, उनले भने। फरक प्रसंगमा बोल्दै सभापति लामिछानेले पार्टीको महाधिवेशन गर्न ढिला भएको स्वीकार गरे। सञ्चारकर्मीले महाधिवेशन गर्न किन हतार गरेको भन्ने जिज्ञासाको जवाफ दिँदै उनले पहिल्यै कार्यतालिका तय गरेको भए पनि विशेष कारणले सार्नुपरेको बताए। ‘पार्टीको महाधिवेशन गर्न ढिला भइसकेको हो नि!’उनले भने, ‘हामीले पहिले नै मिति तोकेर सारेका हौँ नि!’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट