Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

एजेन्सी :  चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) बिचको संयुक्त अन्तरिक्ष मिसनअन्तर्गत ‘सोलर विन्ड म्याग्नेटोस्फियर आयनोस्फियर लिङ्क एक्सप्लोरर (स्माइल)’ उपग्रह मङ्गलबार सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

यो उपग्रह युरोपको अन्तरिक्ष केन्द्रबाट भेगा–सी रकेटमार्फत प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा पुगेको पुष्टि गरिएको छ । साथै, यसको सोलार प्यानलहरू पनि सफलतापूर्वक खुलिसकेका छन् र सम्पूर्ण प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको बताइएको छ ।

यो सफलतासँगै चीन र युरोपबिचको अन्तरिक्ष विज्ञान सहकार्यमा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ ।स्माइल’ चीन र ईएसएबिचको पहिलो मिसनस्तरीय संयुक्त परियोजना हो, जसले पृथ्वीको चुम्बकीय क्षेत्र (म्याग्नेटोस्फियर) को ठुलो संरचनालाई पहिलो पटक समग्र रूपमा अवलोकन गर्ने लक्ष्य राखेको छ ।

Shivam Cement
उपग्रहले सॉफ्ट एक्स–रे इमेजिङ प्रविधिको प्रयोग गर्दै पृथ्वीको चुम्बकीय क्षेत्रको विस्तृत अध्ययन गर्नेछ । यस मिसनबाट अन्तरिक्ष मौसम पूर्वानुमान र चुम्बकीय क्षेत्रसम्बन्धी आधारभूत भौतिक विज्ञानमा महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट