Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन प्रहरीका भोजराज श्रेष्ठ ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

चितवन प्रहरीका भोजराज श्रेष्ठ ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

 चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले २०८३ साल वैशाख महिनाका लागि प्रहरी जवान भोजराज श्रेष्ठलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुली दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान श्रेष्ठले अ#पराध अनुसन्धानमा उत्कृष्ट भूमिका निर्वाह गरेपछि उनलाई उक्त सम्मान प्रदान गरिएको हो। प्रहरी जवान श्रेष्ठले भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो पसलमा कार्यरत आशिष खनालमाथि धा#रिलो ह#तियार प्र#हार गरी ह#त्या गरेर फरार रहेका प्रतिवादी कृष्ण बहादुर खड्का र उनलाई भगाउन तथा लुकाउन सहयोग गर्ने सम्राट गुरुङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट