भरतपुर : चितवनको भरतपुर महानगरपालिका वडा नं१० ले विश्वव्यापी रुपमा देखिएको इन्धन संकटका कारण आफ्ना वडाबासीहरुलाई इन्धन खपतमा कटौती गर्न आह्वान गरेको छ । कार्यवाहक वडा अध्यक्ष रेशम राज थापाले एक सूचना जारी गर्दै अति आवश्यक र अनिवार्य काममा बाहेक पेट्रोल तथा डिजेलबाट संचालित सवारी साधनहरुको प्रयोगलाई कम गर्न आह्वान गरेको हो ।
इन्धन खपत कम गरी आर्थिक व्ययभार घटाउन, वातावरणीय प्रदुषण नियन्त्रण गर्न र संकटको घडीमा जिम्मेवार नागरिकको परिचय दिनका लागि वडा नं १० अन्तरगत पर्ने सम्पूर्ण सरकारी कार्यालयहरु, गैरसरकारी संस्था, शैक्षिक प्रतिष्ठान, टोल विकास संस्था, व्यवसायी तथा आम वडाबासीमा आह्वान गरिएको कार्यवाहक वडा अध्यक्ष थापाले बताए ।वडाले छोटो दुरीको यात्राका लागि साइकलको प्रयोगलाई प्राथमिकता दिँदै पैदल हिड्न बानी बसाल्न, सम्भव भएसम्म वातावरण मैत्री विद्युती सवारी साधनहरुको प्रयोगमा जोड दिन, कार्यालय वा संस्थागत काममा जाँदा सवारी साधनको साझेदारी गर्ने अभ्यासलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij