काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले राजनीति गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछिसंसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुनले न्यायालयको स्थापित वरीयता प्रणाली सरकारले राजनीति छिराएको आरोप लगाएका हुन् ।
विगतका राजनितिक दलहरुले न्यायालयमा राजनीति नगरेको दाबी गर्दै पुनले भने- 'सरकारले वरीयता मिचेर चौथो वरीयतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको छ । उहाँहरूले राजनीति गर्नुभयो, ८० वर्ष न्याय इतिहासमा वरीयता मिच्नुभयो भन्ने आरोप छ।'
पुनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा हतार गरेको बताए। 'संसदीय सुनुवाइ समितिमा पनि अत्यन्त हतारो गर्नुभयो । प्रक्रिया पूरा गर्ने हाम्रो माग थियो । तर, सत्तापक्षले निकै हतार गर्नुभयो,' उनले थप भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij