Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गैंडाकोट नमुना कलेजले भर्ना खुल्यो, गुणस्तरीय शिक्षाको प्रतिवद्धता

गैंडाकोट नमुना कलेजले भर्ना खुल्यो, गुणस्तरीय शिक्षाको प्रतिवद्धता

गैंडाकोट :  SEE परीक्षा सम्पन्न गरेपछि उत्कृष्ट कलेजको खोजीमा रहेका विद्यार्थीहरूका लागि गैंडाकोट नमुना कलेज (+2) ले कक्षा ११ मा भर्ना खुला गरेको छ। कलेजले विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षा सञ्चालन गर्न लागेको जनाएको हो।

कलेज प्रशासनका अनुसार प्रवेश परीक्षा  जेठ ८ गते बिहान ७:३० बजे सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई समयमै उपस्थित हुन अनुरोध गरिएको छ।

गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र व्यवहारिक सिकाइलाई प्राथमिकतामा राख्दै आएको कलेजले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै विद्यार्थीहरूको सहजताका लागि यातायात सुविधा समेत उपलब्ध रहेको कलेजले जानकारी दिएको छ।


विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्ययनको अवसर प्रदान गरिरहेको कलेजले SEE उत्तीर्ण विद्यार्थीहरूलाई समयमै आवेदन दिई अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट