काठमाडाैँ : निर्वाचन आयाेगले गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा निर्वाचनकाे खर्च विवरण सार्वजनिक गरेकाे छ। मंगलबार आयाेगले निर्वाचन खर्च विवरण सार्वजनिक गरेकाे हाे ।
४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँमा निर्वाचन सम्पन्न भएको आयाेगले जनाएकाे छ। निर्वाचनका लागि सरकारले आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएकाे थियाे ।
कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा प्रति मतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च हुन आएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सम्पन्न गराउन सहयोग गर्नहुने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रक, सुरक्षाकर्मी लगायत निर्वाचनमा खटिने तथा सहयोग गर्ने सबैमा आयोगले धन्यवाद समेत दिएकाे छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij