काठमाडौँ : सरकारले बजेट सार्वजनिक गर्नु भन्दा दुई दिन अगाडिसम्म आयोजना बैंकमा आयोजना इन्ट्री गर्न पाउने भएको छ। राष्ट्रिय योजना आयोगले एक सूचना जारी गर्दै सरकारले बजेट सार्वजनिक गर्नु दुई अघिसम्म पनि आयोजना बैंकमा आयोजना इन्ट्री गर्न पाउने गरी समय थप गरेको हो।
योजना आयोगले यो वर्ष मन्त्रालयहरूलाई सहज सुविधा दिएको छ । आयोगले विभिन्न मन्त्रालय/निकायको अनुरोध, पृष्ठपोषणसमेतलाई मध्यनजर गरी आगामी आवमा कार्यान्वयन हुने नयाँ, क्रमागत, अध्ययन र विशेष परिस्थितिका आयोजना सम्बन्धित मन्त्रालय वा निकायले इन्ट्री गर्न पाउने अवधि १३ जेठसम्म थप गरिएको आयोगले जनाएको छ।
राष्ट्रिय आयोजना बैंक ९कार्य सञ्चालन तथा व्यवस्थापन० मापदण्ड २०८१ अनुसार आगामी आवमा कार्यान्वयन हुने नयाँ आयोजना चालु आवको फागुन मसान्तभित्र आयोजना बैंकमा प्रविष्टि गरिसक्नु पर्ने व्यवस्था छ ।
तर आयोगले आगामी वर्षको लागि भने मन्त्रालयहरूलाई बजेट भाषणको दुई दिनअघिसम्म आयोजना इन्ट्रीको सुविधा दिएको छ। यसअघि आयोगले १ चैत २०८२ मा यो अवधि थप गरी २२ चैतसम्म पुर्याएको थियो । त्यसलाई पुनः १० वैशाखसम्म थप गर्ने निर्णय गरेको थियो।आयोगको १ जेठ २०८३ को निर्णय अनुसार अब यस्तो अवधि १३ जेठसम्म थप गरिएको हो । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी १५ जेठमा बजेट नै सार्वजनिक गर्ने प्रावधान छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij