Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

“खुसी बाँडे खुसी बढ्छ” नारासहित रोयल पेन्ट्सको भव्य विक्रेता भेला पोखरामा सम्पन्न

“खुसी बाँडे खुसी बढ्छ” नारासहित रोयल पेन्ट्सको भव्य विक्रेता भेला पोखरामा सम्पन्न

भरतपुर : चितवनको भरतपुर महानगरपालिका–९, शरदपुरमा १६ वर्षअघि स्थापना भएको रोयल पेन्ट्स प्रालि ले “खुसी बाँडे खुसी बढ्छ” भन्ने नारासहित पोखरास्थित माउन्ट कैलाश रिसोर्ट मा भव्य विक्रेता भेला सम्पन्न गरेको छ । जेठ २ र ३ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा नेपालभरबाट आएका करिब २०० विक्रेताको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

एक रात दुई दिनको विशेष व्यवस्थासहित आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने विक्रेताहरूलाई कदरपत्र, प्रशंसा–पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी विक्रेता सञ्चालकहरूले रोयल पेन्ट्सका उत्पादन बिक्री गर्न पाउँदा गर्व र खुसी लागेको बताएका थिए । उनीहरूले कम्पनीसँगको सहकार्यले व्यवसायिक विश्वास र सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरेका थिए ।

कार्यक्रममा कम्पनीद्वारा उत्पादन गरिएका विभिन्न रङ तथा सामग्रीहरूको गुणस्तर, प्रयोग विधि, बजार अवस्था तथा आगामी योजनाबारे जानकारी गराइएको थियो । साथै बजार विस्तार र बिक्री प्रवर्द्धनलाई प्रभावकारी बनाउन कम्पनीले विशेष योजना सार्वजनिक गरेको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष परमेश्वर भण्डारी ले विक्रेताहरू कम्पनीको सफलताको मुख्य आधार भएको बताए । उनले विगत १६ वर्षदेखि उपभोक्ताको भरोसा जित्दै यहाँसम्म आइपुग्नुमा देशभरिका विक्रेताहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा आर्थिक कारोबारका आधारमा उत्कृष्ट विक्रेताहरूलाई विशेष सम्मान गरिएको थियो । “डायमण्ड समूह” अन्तर्गत ४० लाख रुपैयाँभन्दा माथिको कारोबार गर्दै आर्थिक वर्ष २०८३ का लागि खाता खोल्न सफल २० जना विक्रेता सञ्चालकलाई सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै १ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने ५ जना विक्रेतालाई विशेष सम्मान प्रदान गरिएको थियो । आर्थिक वर्ष २०८२ मा सर्वाधिक बिक्री गर्ने एक जना विक्रेता सञ्चालकलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ ।

चितवनबाट रोयल पेन्ट्स २०८३ करोड क्लबबाट सम्मानित सम्पर्क हार्डवेयर का प्रबन्ध निर्देशक विनोद खनाल लाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रमले समेत विक्रेता भेलालाई थप आकर्षक बनाएको थियो । कार्यक्रममा बद्री पंगेनी ले सांगीतिक प्रस्तुति दिएका थिए भने रत्ननगर कला केन्द्र का कलाकारहरूले विविध सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा कम्पनीका सञ्चालक, कर्मचारी तथा देशभरका विक्रेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्राकृतिक सौन्दर्यले भरिएको पोखरा मा सम्पन्न उक्त कार्यक्रमपछि सहभागीहरूलाई फेवाताल, बेगनास ताल लगायतका पर्यटकीय स्थलहरूको भ्रमण गराइएको थियो । दुईदिने कार्यक्रम सम्पन्न भएपछि परमेश्वर भट्टराई ले सम्पूर्ण सहभागी विक्रेताहरूलाई विदाइ गरेका थिए ।

सहभागीहरूले यस्तो कार्यक्रमले कम्पनी र विक्रेताबीचको सम्बन्धलाई अझ आत्मीय, विश्वासिलो र दीर्घकालीन बनाएको बताएका छन् । “खुसी बाँडे खुसी बढ्छ” भन्ने नारालाई व्यवहारमै उतार्दै आयोजना गरिएको उक्त कार्यक्रमले व्यवसायिक सहकार्यसँगै आपसी सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट