Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनमा याक चिज बिक्री सुरु, डेरीमार्टमा उपलब्ध

चितवनमा याक चिज बिक्री सुरु, डेरीमार्टमा उपलब्ध

चितवन : चितवनको स्थानीय बजारमा याक चिज उपलब्ध हुन थालेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ ले सञ्चालन गर्दै आएका डेरीमार्टमार्फत याक चिज बिक्री सुरु गरिएको हो ।

सङ्घका अध्यक्ष किशोर बगाले ले आइतबारदेखि जिल्लामा याक चिज उपलब्ध गराउन थालिएको जानकारी दिए । उनका अनुसार दुग्ध विकास संस्थान (डिडिसी) ले उत्पादन तथा बिक्री वितरण गर्दै आएको याक चिज परीक्षणस्वरुप चितवनमा ल्याइएको हो । अध्यक्ष बगालेले ग्राहकको मागअनुसार आगामी दिनमा याक चिजको आयात बढाइने बताए । उनले स्थानीय बजारमा गुणस्तरीय दुग्धजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले नयाँ उत्पादन बिक्री सुरु गरिएको उल्लेख गरे ।

उनका अनुसार डिडिसीले उत्पादन गरेका अन्य दुग्धजन्य वस्तुहरुसमेत डेरीमार्टमार्फत बिक्री गर्ने तयारी भइरहेको छ । “अहिले परीक्षणका रुपमा याक चिज ल्याएका छौँ । ग्राहकको प्रतिक्रिया र मागअनुसार थप परिमाणमा उपलब्ध गराइनेछ,” उनले भने । सङ्घले सञ्चालन गरेका डेरीमार्टमा दूध, दही, पनिर, चिज, मोही, नौनी तथा घ्यूलगायत दुग्धजन्य वस्तुहरु बिक्री हुँदै आएका छन् । सङ्घले रत्ननगरस्थित आफ्नै उद्योगमा उत्पादन भएका सामग्रीहरुको बजारीकरण गर्दै आएको जनाएको छ ।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट