Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इच्छाकामनामा जङ्गली च्याउ खाँदा विरामी परेका तीनै जना चेपाङ बालबालिकाको मृत्यु

इच्छाकामनामा जङ्गली च्याउ खाँदा विरामी परेका तीनै जना चेपाङ बालबालिकाको मृत्यु

इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जनानै बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् ।

 नमुनाको जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

मृतक नमुना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । मृत बालबालिकाका बुवा आमा भने सकुसल छन । 


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट