काठमाडौँ : बाराको कलैयाबाट प्रहरीले सार्वजनिक स्थलमा नग्नता प्रदर्शन गरेको आरोपमा तीन जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही गाउँपालिका–५ घर भएकी २६ वर्षीया दिव्या रानी, बाराको जितपुर सिमरा घर भएकी २५ वर्षीया निशा भारती र सोही ठाउँमा बस्ने ५७ वर्षीया निशा देवी छन् ।
सोमबार उनीहरुले अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयको मुलगेटमा बसेर दबाब दिएका थिए ।प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा आरोपीहरूले उल्टै गालीगलौज गरेर बाटोमा नग्नता प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij