Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ  : ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा पुस्तासम्म पुर्‍याउन सकिएमा ती अनुभवका माध्यमबाट मुलुकमा समृद्धि प्राप्त गर्नए सकिने एक कार्यक्रममा सहभागीहरूले बताएका छन्।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय काठमाडौँ र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण’सम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा सहभागीले ज्येष्ठ नागरिकका अनुभव अमूल्य सम्पदाका रूपमा सदाका लागि जीवित हुने बताए।

ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनका अनुभव, सङ्घर्ष र सफलताबाट युवालाई कृषि, हस्तकला, व्यापार तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुने विचार व्यक्त गरे। प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले ज्येष्ठ नागरिक र युवापुस्ताबिच समुदाधुर सम्बन्धमा विकास गर्न तथा उनीहरुको सीप ज्ञानलाई उपयोग गरि मुलुकको समृद्धि ल्याउनका राज्यलाई आवश्यक सुझाव दिन आग्रह गरे।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले युवाहरूमा संस्कार, अनुशासित र परिश्रमिक बनाउन ज्येष्ठ नागरिकका अनुभव र सीप हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव निर्मला कार्कीले ज्येष्ठ नागरिक अमूल्य खानी भएकाले उनीहरुलाई सधैँ सम्मान गर्न युवापुस्तालाई आग्रह गरे।

ज्येष्ठ नागरिक महासङ्घ प्रदेशका अध्यक्ष मणि अर्याल, सामाजिक विकास मन्त्रालयकी सहायक सचिव दुर्गा बराललगायतले ज्येष्ठ नागरिकको सीप र ज्ञानलाई औपचारिक शिक्षा प्रणालीसँग जोड्नुपर्ने सुझाव दिए।

कार्यक्रममा ज्येष्ठ नागरिक महासङ्घका प्रतिनिधि, विभिन्न सङ्घसंस्थामा आबद्ध ज्येष्ठ नागरिक, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घीय मन्त्रालय र प्रदेश मन्त्रालयका प्रतिनिधि, विराटनगर महानगरपालिकालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट