Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बेनीघाट रोराङमा एसईई समीक्षा : उत्तीर्ण ७८.५१ प्रतिशत, २०८३ का लागि नयाँ लक्ष्य निर्धारण

बेनीघाट रोराङमा एसईई समीक्षा : उत्तीर्ण ७८.५१ प्रतिशत, २०८३ का लागि नयाँ लक्ष्य निर्धारण

बिशालटार :  धादिङको बेनीघाट रोराङ गाउँपालिकाको शैक्षिक वर्ष २०८२ को एसईई र कक्षा ८ को समीक्षा एवं शैक्षिक सत्र २०८३ को लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न भएको छ ।  
बिशालटार स्थित गाउँपालिका कार्यालयको सभाहलमा पालिकाभरका आधारभूत विद्यालय र माध्यमिक विद्यालयका प्र.अ. विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरू, वडा शिक्षा समिति, विषयगत समितिका शिक्षकहरू, गाउँ शिक्षा समितिका सदस्यहरू लगायत शैक्षिक सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा हाल सार्वजनिक भएको एसईई २०८२ को नतिजाको समीक्षा गरिएको छ । समग्र पालिकाभरिको नतिजाको अवस्था, विद्यालयगत नतिजाको समीक्षा तथा विश्लेषण समेत गरिएको छ । 
२०८२ को एसईई परीक्षमा ७८.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो नतीजा गत वर्षको भन्दा बढी हो । अघिल्लोे शैक्षिक सत्रको एसईई परीक्षामा ७२.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

331779116707.jpg
अधिकांश विद्यालयले लक्ष्य भन्दा धेरै विद्यार्थी उत्तीर्ण गर्न सफल भएका छन् ।  यसैबिच चार वटा विद्यालयले सत प्रतिशत उत्तीर्ण गर्न सफल भएका छन् ।  ब्राइट फ्युचर माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, राइजिङ स्टार इ. बोर्डिङ स्कुल र बाँस खर्क माध्यमिक विद्यालयले सत प्रतिशत नतिजा हासिल गरेका हुन् । 
बेनीघाट रोराङ गाउँपालिकामा १० वटा सामुदायिक र २ वटा संस्थागत गरि १२ वटा माध्यमिक विद्यालय रहेका छन् ।  
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले शैक्षिक गुणस्तर र सुधारको मार्गमा गाउँपालिका अघि बढेको बताउँनुभयो ।  
गाउँपालिका शिक्षा शाखा प्रमुख बोधराज पाठकले विद्यालयहरूले गाउँपालिकाले गरेको मार्गदर्शनलाई पालना गर्दा शिक्षामा सुधार आएको बताउँनुुभयो । हरेक वर्ष उत्तीर्ण हुने प्रतिशत बढ्दै गएको बताउँनुभयो । 
कार्यक्रममा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामबाबु पौडेल लगायतको उपस्थिति रहनुभएको थियो ।  
कार्यक्रममा २०८३ को एसईई र कक्षा ८ को लक्ष्य निर्धारण गरेका गरेका छन् ।  

२०८२ को एसईईको लक्ष्य र उत्तीर्ण प्रतिशत 

Benighat1`1779116727.jpg

२०८३ को  एसईई र कक्षा ८ को लक्ष्य निर्धारण 

Benighat21779116739.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट