Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ : नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो। महासभाको सोही सत्रमा आजै नेपालका तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए। स्वास्थ्यमन्त्रीको नेतृत्वमा आइतबार नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट